सूचनाको शक्ति - The Power Of Information

        

`महाजात्रा´ को `आहा क्या राम्रो´ सार्वजनिक (भिडियो)

बहुप्रतिक्षित फिल्म `महाजात्रा२´ को पहिलो गीत सार्वजनिक गरिएको छ ।

माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको ‘आहा  क्या राम्रो’ बोल रहेको गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत समावेश छ  ।

सार्वजनिक गीतको भिडियोमा कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मलाई निर्देशक प्रदीप भट्टराइले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक रहेको फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ फिल्म  प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ११:२९

लोकप्रिय