बाँकेकाे राप्तीसाेनारीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठाकुरसिंह थारूकाे रहेका छन् ।
भे ७ प २८९८ नम्बरकाे माेटरसाइकल राप्तीसाेनारी- ५, चिलरियाकाे भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा दुर्घटना भएकाे थियाे ।
भरत बादीले चलाएकाे माेटरसाइकलकाे पछाडी थारू बसेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएकाे थियाे ।
उपचारकाे क्रममा बिहान ४:३० बजे मृत्यु भएकाे हो । प्रहरीले माेटरसाइकल र चालकलाई नियन्त्रणमा लिएकाे छ ।
प्रकाशित मिति : २०८० माघ २ गते मंगलबार