सूचनाको शक्ति - The Power Of Information

        

नेपालले आज वेस्ट इण्डिजसँग ‘वार्मअप’ खेल्ने

यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्न दक्षिण अफ्रिकामा रहेको नेपालो टोलीले मंगलबार वेस्ट इण्डिजसँग ‘वामअर्प’ खेल खेल्दैछ। खेल दिउँसो पौने २ बजे जोहानेसवर्गमा शुरु हुनेछ।

शनिबार भएको वार्मअप खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको नेपालको १९ वर्षमुनिको टोलीले आज अन्तिम वार्मअप खेल्न लागेको हो।

यसअघि सन् २००८ मा वेस्ट इण्डिजविरुद्ध प्रतिस्पर्धा गरेको नेपालको यू–१९ टोली ७ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ०८:३७