युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासूस सैन्य विमान खसालेको दाबी गरेको छ ।
युक्रेनी सेना प्रमुखले वायुसेनाले लामो दूरीको राडार पत्ता लगाउने रुसको विमानलाई नष्ट गरेको बताएका बीबीसी हिन्दीले जनाएको छ । यो विमानले रुसको हवाई सुरक्षा प्रणाली पत्ता लगाएर अरु जेट विमानहरूको सम्भावित निशाना पहिले नै पत्ता लगाउने गरेको थियो ।
यसअघि युक्रेन लगातार दक्षिणपूर्वी क्षेत्रमा रुसमाथि कब्जा जमाउन असफल भएको थियो । तर युक्रेनले सैन्य विमान खसालेको कुरालाई विज्ञहरूले रुसको हवाई शक्तिका लागि ठूलो धक्का पुगेकाे मानिरहेका छन् ।
रुसी विशेषज्ञहरूले ए–५० नामको रुसी जासूस सैन्य विमानको विनाश ठूलो कुरा भएको बताएका खबरमा उल्लेख छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ