नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट हिजो मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो ।
भारतबाट पेट्रोल प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएकाले यही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ । यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डाै, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
यसअघिको ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ हजार ८९५ रुपैयाँ नै रहेकाे छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ