नेपालगन्जमा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण तयार भएको छ । सो काममा सहयोग गर्न खटिएका विदेशी नागरिकलाई सम्मानसहित बिदाइ गरिएको छ ।
बाँके जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष गगन थापाका अनुसार अष्ट्रेलिया, जर्मनी र स्वीट्जरल्याण्डबाट साइकल पम्प ट्रयाकमा सहयोग गर्न आएका भेलेन्टिन कोच, बल्दुर मन्डली, मोरिच स्टेयर, क्लाउडिओ कलोरीसहित ५ जनालाई सम्मान गरिएको हो ।
अध्यक्ष थापाले भन्नुभयो, ‘निर्माण सुरु भएको केही दिनमै साइकल पम्प ट्रयाकको काम सम्पन्न भएको छ, करिब एक सातासम्म नेपालगन्जमा रहेर विदेशी नागरिकले साइकल पम्प ट्रयाक निर्माणको काम सम्पन्न गरेका हुन् ।’
उनीहरूमध्ये तीन जना स्वीट्जरल्याण्डका, एकजना जर्मनी र एकजना अष्ट्रेलियाका हुन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र वडा १ का अध्यक्ष प्रमोद रिजालले विदेशी नागरिकलाई नेपाली टोपीसहित मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा १ धम्बोझीमा वडा कार्यालयको पहलमा शिवशक्ति पार्वती मन्दिरले करिब चार कठ्ठा जग्गा उपलब्ध गराएपछि बाँके जिल्ला साइक्लिङ सङ्घले पम्प ट्रयाक निर्माण गरेको हो ।
स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि दोस्रो साइकल पम्प ट्रयाक निर्माण गरेको हो । स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौँ र बाँके जिल्ला साइक्लिङ सङ्घबिच त्रिपक्षीय सम्झौता भई पम्प ट्रयाक निर्माण सुरु भएको हो ।
बाँके जिल्ला साइक्लिङ सङ्घका अनुसार, कन्सल्टेन्सीसहित जमिन छाडेर करिब एक करोड ३५ लाखमा पूरा हुने अनुमान गरेको छ । जसमध्ये भेलोसोलुसनले प्राविधिक र अन्य व्यवस्थापन खर्च बाहेक २५ हजार डलर सङ्घलाई उपलब्ध गराएको छ । जसको अन्तिम किस्ता काम सम्पन्न भएपछि भुक्तानी हुनेछ ।
पाँच लाख रुपियाँ बजेटसँगै आवश्यक उपकरणको सहयोग नेपालगन्ज उपमहानगरपालिका गरेको छ । शिक्षण अस्पताल नेपालगञ्जले दुई लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । ट्रयाकमा अब रङ्गाउन मात्र बाँकी छ । ट्रयाकको सुरक्षाका लागि वरिपरि माटो पाटन र दुबो लगाउने, लाइटिङ र पर्खालको काम क्रमशः गरिने सङ्घका सचिव विज्ञान कक्षपतिले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके