काठमाडौंको टुँडिखेल पुगेकाहरूबीच ठेलमठेल हुँदा भिडमा च्यापिएर आठ जना घाइते भएका छन् ।
माघे संक्रान्तिका अवसरमा थारू र मगर समुदायले सोमबार टुँडिखेलमा माघी विशेष कार्यक्रम आयोजना गरेका छन् । माघी विशेष कार्यक्रममा सहभागी हुन गएकाहरूबीच मुख्य प्रवेश द्वारमा ठेलमठेल हुँदा भिडभाडमा च्यापिएर आठ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए ।
घाइतेहरू सबैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टमा भर्ना गरिएको छ । एसपी ढुंगेलका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ