२०८३ भदौ ८ , सोमबार 25, August 2026, Tuesday

सल्यानमा तरुल खन्ने क्रममा साथीले पल्टाएको ढुंगाले लागेर एकको मृत्यु

सल्यानमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ।

कालिमाटी गाउँपालिका–७ स्वामिबासका ४२ वर्षीय भीमबहादुर भनिने धनबहादुर आलेको माघे संक्रान्तिको लागि तरुल खन्ने क्रममा ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

तरुल खनिरहेको खारापानी जंगलको भिरालो ठाउँमा माथिबाट गुड्किँदै आएको ढुंगाले लागेर आलेको मृत्यु भएको प्रहरीको भनाई छ।

कालिमाटी गापा–६ जुमखोलाका ४५ वर्षीय घनश्याम घर्तीले तरुल खन्ने क्रममा घर्तीले ढुंगा पल्टाउँदा तरुल खनिरहेका आलेलाई ढुंगाले लाग्दा घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

ढुंगाले लाग्दा गम्भीर घाइते आलेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। आलेको मृत्यु भएपछि ढुंगा पल्टाउने घर्तीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमबार