२०८२ कात्तिक २३ , आइतबार 10, November 2025, Monday

धादिङको मझिमटारमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

सत्यपाटी
सत्यपाटी । काठमाडौँ
२०८० माघ १ गते सोमबार

 धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ ।

सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले  बताए ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । दुईतर्फी सवारी खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमबार