प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ ।
अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबिच बिहान ९: १५ बजे सुरु हुने छ । आजै तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच अहिले बिहान ९ :०० बजे सुरु हुने छ ।
मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मधेसले शनिबार सम्पन्न खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यस्तै आर्मी क्लब भने आज पहिलो खेल खेल्दै छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ