जानकी गाउँपालिकाको १५औं गाउँसभा सम्पन्न भएको छ ।
अर्धवार्षिक प्रगति समीक्षा गर्दै १५औं नगरसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष सभाध्यक्ष छब्बन खाँले उद्घाटन गरेको १५औं गाउँसभामा प्रवक्ता टीकानाथ यादवले चालू आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
गाउँसभामा प्रस्तुत विभिन्न प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् । करार कर्मचारीहरुको व्यवस्थापन, आ.व. २०८०/८१ को योजना तथा कार्यक्रम संशोधन एवम रकमान्तर, पालिका स्तरीय योजना अनुमोदन, जानकी गाउँपालिकाको ऐन, कार्यविधि, नियमावली तथा निर्देशिका पास, गाउँ कार्यपालिकाका र विषयगत निर्णयहरु अनुमोदन, अध्यक्ष कोषबाट स्वीकृत योजना अनुमोदन, विषयगत समितिका संयोजकहरु हेरफेर, राजश्व सम्बन्धित पत्राचार, नक्सापास र सम्पत्ति कर सम्बन्धमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित भएका हुन् ।
जानकीले चालू आर्थिक वर्षमा हालसम्म चालू खर्च २६.८८ प्रतिशत र पूँजीगत खर्च १२.८८ प्रतिशत रहेको जनाएको छ । गाउँसभामा प्रस्तुत प्रगति विवरणमा ३ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएकोमा करिव साढे ८६ लाख राजश्व उठेको उल्लेख छ । त्यसक्रममा गाउँपालिकाको समग्र प्रगति सुनाइएको थियो ।
गाउँसभामा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी, पत्रकार लगायत उपस्थित थिए ।
गाउँसभामा जिल्लाभरमा उत्कृष्ट घोषित स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानालाई सम्मान गरिएको थियो भने सेवा निवृत्त वडा नम्बर ४ का निवर्तमान सचिव शिवबहादुर थापालाई सम्मान गरिएको थियो । गाउँसभाको उद्घाटन सत्रको संचालन वातावरण तथा विपद शाखा प्रमुख राजेन्द्र बाजपेयीले गरेका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके