सूचनाको शक्ति - The Power Of Information

        

न्यायाधीशपत्नीले सर्वोच्च बाहिर गरिन् आत्मदाहको प्रयास

बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन् ।

आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

जिउमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।

प्रकाशित मिति : २९ पुष २०८०, आइतवार १५:११

लोकप्रिय