चिसो बढेपछि जानकी गाउँपालिकाले सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ ।
जानकीले बढ्दो शीतलहरसंगै जेष्ठ नागरिक र बालबालिकाहरुको बिहान र बेलुकाको दैनिकीलाई सहज बनाउन सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको हो ।
वडा नम्बर १ देखि ६ मार्फत ठाउँठाउँमा दाउरा वितरण गरेर मानिसहरुको बाक्लो हिँडडुल हुने चोकहरु, स्वास्थ्य चौकीहरुमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाउन दाउरा वितरण शुरु गरिएको हो ।
केही दिनदेखि चलिरहेको शीतलहरलाई मध्यनजर गर्दै दाउरा वितरण गर्ने अभियान शुरु गरेको विपद तथा वातावरण समितिका संयोजक राजेन्द्र सिंहले बताए । अपुग भएमा आवश्यकता अनुशार थप दाउरा समेत ल्याई वितरण गर्ने सिंहले बताए ।
चिसो तथा शीतलहरले जनता धेरै समस्यामा परिरहेको अवस्थामा चिसोबाट बचाउनको लागि १ देखि ६ वटै वडाहरु र स्वास्थ्य चौकीमा शनिबारदेखि पालिकाले दाउरा वितरण शुरु गरेको जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादवले बताइन् ।
जानकी गाउँपालिकाकी उपाध्यक्ष यादव, विपद तथा वातावरण समितिका संयोजक सिंह, विपद तथा वातावरण समितिका सदस्य सोनापती सिखनी, विपद तथा वातावरण शाखाका प्रमुख राजेन्द्र वाजपेयी लगायत पालिकाका कर्मचारीहरुको रोहवरमा दाउरा वितरण गरिएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके