चीनको हेनान प्रान्तको एक कोइलाखानीमा भएको दुर्घटनामा १० कामदारको मृत्यु भएको छ ।
अरु ६ जना बेपत्ता भएका छन् । राज्य प्रसारक सिसिटिभीले शुक्रबार दिउँसो २ः ५५ बजे पिंगडिङशानमा दुर्घटना भएको शनिबार मात्रै जनाएको हो । कोइला र ग्यास विस्फोटका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।
सरकारी सञ्चारमाध्यम ‘चाइना डेली’ले स्थानीय अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा १० जनाको मृत्यु भएको जनाएको छ । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा दुर्घटना भएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुर्घटनाको समयमा खानीमा ४ सय २५ जना काम गरिरहेका थिए, जसमध्ये ३ सय ८० जनालाई बाहिर निकालिएको छ ।
उद्धार कार्य जारी छ । खानी इन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चीनमा खानीमा काम गर्ने क्रममा दुर्घटना हुनु सामान्य घटनाजस्तै छ । तर, पछिल्लो समय मृत्यु हुनेको संख्या बढेको छ । चीन विश्वको सबैभन्दा ठूलो कोइला उत्पादक र उपभोक्ता राष्ट्र हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ