पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन् । उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् ।
उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिएकी हुन् । थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुन् । थैनाका एक साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको अन्तरर्वातामा थैनाको मृत्युको पुष्टि गर्दै आफू निकै दुःखी र शोकमा रहेको उल्लेख गरेका छन् । ८ महिनाअघि थैनाले आफूमाथि एडल्ट फिल्म उद्योगमा यौन शोषण हुने गरेको खुलासा गरेकी थिइन् ।
‘मैले एडल्ट कन्टेन्ट बनाउन सुरु गरेपछि मलाई उद्योगमा यौन उत्पीडन र दुर्व्यवहार गरियो । शुरुमा त कैयौंले मलाई काममा राखेर ममाथि जे पनि गर्न सकिन्छ भन्ने सोचे । तर म घर आएँ, नुहाएँ र रुन थालें । यस्तो ममाथि कैयौं पटक भयो । जब समाज साँच्चै फोहोरले भरिएको छ भने एक महिला हुनु र एडल्ट कन्टेन्ट बनाउनु निकै मुस्किल काम हो,’ उनले भनेकी थिइन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । पेरु