गएराति बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुबाङनिर राप्ती नदीमा खस्दा मृत्यु भएका १२ जनामध्ये ८ जनाको र घाइते भएका २३ जनाको पहिचान खुलेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई घाइते भएका छन् ।
घाइते हुनेमा काठमाडौंका ४५ वर्षीय सुवास कार्की, बाँके नेपालगन्जका ३५ वर्षीया लिला वली, रौतहटका २६ वर्षीय सञ्जय कार्की, बर्दियाका राजिव थारु, बाँके नेपालगन्जका १८ वर्षीय दशरथ विक, बाँकेकै १९ वर्षीय नकुस खान घाइते भएका छन् ।
त्यस्तै डोल्पाकी ३५ वर्षीया धनकली बुढा मध्यम, काठमाडौं कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, काठमाडौंकी २३ वर्षीया सञ्जु बडुवाल, बाँके नेपालगन्जका २० वर्षीय अर्वाज नाउ, बाँके नेपालगन्जका २५ वर्षीय मोमम्मद जावेद मध्यम घाइते भएका छन् ।
घाइते हुनेहरुमा भारतका २० वर्षीया छोथी सिलौटा, काठमाडौंकी राधा पाण्डे तथा उनकी ११ वर्षीया छोरी आज्ञा पाण्डे पनि घाइते भएका छन् ।
१. काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे, बाँया हातमा चोट
२. काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३. बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४. बाँकेको नेपालगन्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५. रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६. बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७. भारत बस्ने २० बर्षीय छोटी सिलौटा, गम्भीर
८. बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९. जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०. बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११. बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२. डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३. बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४. समिर नेपाली, चालक
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६. बाँकेको नेपालगन्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७. बाँकेको नेपालगन्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोट, मध्यम
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९. भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके