सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः४५ को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियसको बीचमा पुग्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुष २०८०, शनिबार ०८:५२

लोकप्रिय