बाँकेमा शित लहर र हुस्सुका कारण जनजीवन प्रभावित भएकाे छ । शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको हाे ।
चिसो अत्याधिक बढेको कारण बिहान र बेलुकी सडकमा सवारीसाधन र मानिसको आवागमन निकै कम देखिएको छ । सरकारी कार्यालय सेवाग्राही र विद्यालयमा बालबालिकाको सङ्ख्या पनि घटेको छ ।
चिसो बढेका कारण नेपालगन्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, वीपी चोक, बिरेन्द्र चोक र पुष्पलाल चोक क्षेत्रमा चहलपहल घटेको छ ।
चिसो बढ्दै गएकोले जिल्ला विपद् व्यवस्थापन समिति र नेपाली सेनाले केही ठाउँमा सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएको छ । स्थानीय सरकारहरुसँग पनि आ-आफ्नो पालिकामा सो व्यवस्था गर्न आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।
शितलहर, कुहिरो र भिजीविलिटी कम भएका कारण तीन दिनयता बिहान र बेलुका नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् ।
पहाडी जिल्लाहरु हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि बिहान हुने हवाई उडानहरुमध्य अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाई हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुरेश खनालका अनुसार पहाडी जिल्लाहरुसँगै संघिय राजधानी काठमाडौंका लागि पनि बिहान र बेलुका हुने हवाई उडान प्रभावित भएको बताउनुभयो ।
जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझाका अनुसार गत चार दिनदेखि नेपालगन्जको तापक्रम घट्दै गएको छ । बिहिबार र शुक्रबार तापक्रम झनै घटेर ७.७ देखि ९ डिग्रि पुगेको सो कार्यालयले जनाएको छ
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके