प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी लुम्बिनी प्रदेशबाट छनोट भएको प्रदेश क्रिकेट टिमको छनोटप्रति असहमति जनाउँदै जिल्ला क्रिकेट सङ्घ बाँकेले आफ्ना खेलाडी नपठाउने निर्णय गरेको छ ।
छनोट प्रतियोगितामा विजेता बनेको बाँके जिल्लाबाट केवल ३ जना खेलाडी पर्ने गरी २२ जना खेलाडीको नाम छनोट गरिएको प्रति बाँकेले असहमति जनाउँदै खेलाडी नपठाउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घलाई पत्र पठाएर सङ्घले बाँकेबाट टिममा परेका ३ जना खेलाडी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नगराइने जानकारी गराइएको बाँकेका अध्यक्ष सरोवर प्रसाईले बताउनुभयो । उहाँले बाँकेलाई अन्याय गरेर निर्माण भएको टिममा आफ्ना खेलाडी सहभागी नगराउने निर्णय गरेर पत्र पठाईएको बताउनुभयो ।
लुम्बिनी प्रदेश क्रिकेट टिममा सुसान्त सिह थापाको कप्तानीमा मोहमद साहब अन्सारी, लभकुश यादव, सिद्धान्त शाही, सम्राट भुषाल, एकलाख अहमद, दिलसाद अलि, अजित यादव, नर बहादुर सार्की, रुपेश बश्याल, कृष्ण कार्की, मृनल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, विष्णु कठरिया, प्रज्वल थापा, बिराट भण्डारी, बिर बहादुर सारुमगर, मोहन खत्री, मोहमद हुसैन, प्रतिक भट्टराई र निर्मल गुरुङलाई छनौट गरिएको छ ।
छनोटमा पर्दा लिग जितेको जिल्लाका राम्रा खेलाडीलाई छुटाइएको बताउनुभयो । अध्यक्ष प्रसाइले लिग चरणमा हारेको टिमबाट कप्तान सहित ५ जना खेलाडी छनोट गर्दा प्रथम भएको टिमबाट ३ जना मात्र खेलाडी छनोट हुनु सरासर अन्याय भएकोले आफ्ना खेलाडी नपठाउने निर्णय गरिएको बताउनुभयो ।
सङ्घका सदस्य धिरज क्षेत्रीले छनोट खेलमा ७ जिल्लाबाट ८४ जनामा खेलाडीहरुले खेल प्रदर्शन गरेको आधारमा अन्तिम २२ जनाको छनोट गरिएको जनाउँदै विजेता टिमबाट धेरै खेलाडी पर्ने सम्भावना नरहेको हुँदा आफुहरुले सही निर्णय गरेको दाबी गर्नुभएको छ ।
पुस १२ देखी पुस २२ गतेसम्म संचालन भएको छनोट प्रतियोगिताको उपाधि विजेता बाँके जिल्लाले आफनो टिमबाट कम खेलाडी परेको भन्दै पत्र पठाएको प्रदेश सदस्य क्षेत्रीले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ