चितवनका दुई फरक ठाउँमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना मोटरसाइकल चालक र एक जना स्कुटर चालक रहेको प्रहरीले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पतालको एक नम्बर गेटनजिक बिहीबार साँझ साढे आठ बजे कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिका-६ रामराज्यपुरका सूर्य भनिने ३४/३५ वर्षका कुलप्रसाद सापकोटा रहेका छन् । सापकोटाले चलाएको बा प्र ०३-००३ प १७९६ नम्बरको मोटरसाइकललाई बि ए बि २८७५ नम्बरको कारले ठक्कर दिएको थियो ।
ठक्करपछि घाइते भएका सापकोटाको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा निधन भएको चितवन प्रहरीले जनाएको छ । ठक्कर दिने कारका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ का ४९ वर्षीय मेघराज सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पूर्व-पश्चिम राजमार्गको चितवन खैरहनी नगरपालिका-२ चैनपुरचोकमा बिहीबार राति ९ बजेतिर जिपले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने अन्दाजी ३०/३५ वर्षका पुरूषको नाम ठेगना परिचय खुलेको छैन । उनको पनि उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनले चलाएको प्र ०३-०२-००६ प ९०६८ नम्बरको स्कुटरलाई बा प्र ०३-००१ च १७२७ नम्बरको जिपले ठक्कर दिएको थियो । जिपचालक फरार रहेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । चितवन