बाँकेको कोहलपुर नगरपालिका हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ। यसअघि सिकलसेल रोगको जोखिममा रहेको पाइएको सो नगरपालिका भित्र धेरै जनामा हात्ती पाइले रोगका जीवाणु भेटिएपछि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको हो।
कोहलपुरको एउटा वडामा मात्र गरिएको र्यापिट डाइगोनिष्टक टेस्टबाट ४८ जनामा हात्तीपाइले रोगका जीवाणु फेला परेकोले नगरपालिका नै सो रोगको उच्च जोखिममा रहेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिनुभयो।
उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेनामा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु फेला परेको छ। तीन सय जनामा गरिएको र्यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु फेला परेको छ।
राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा आरडिटी जाँच गरिएको थियो। आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको जनस्वास्थ्य निरीक्षक पाण्डेले बताउनुभयो।
आरडिटी जाँचमा शरीरभित्र मरेका जीवाणु भए पनि पोजेटिभ देखिने भएकाले यकिन गर्न रात्रिकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना सङ्कलनको गरिएको उहाँको भनाइ छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके