२०८३ जेठ २८ , बिहीबार 11, June 2026, Thursday

कोहलपुर हात्ती पाइले रोगको उच्च जोखिममा

सत्यपाटीसत्यपाटी । बाँके । २०८० पुस २६ गते बिहीबार

बाँकेको कोहलपुर नगरपालिका हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ। यसअघि सिकलसेल रोगको जोखिममा रहेको पाइएको सो नगरपालिका भित्र धेरै जनामा हात्ती पाइले रोगका जीवाणु भेटिएपछि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको हो।

कोहलपुरको एउटा वडामा मात्र गरिएको र्‍यापिट डाइगोनिष्टक टेस्टबाट ४८ जनामा हात्तीपाइले रोगका जीवाणु फेला परेकोले नगरपालिका नै सो रोगको उच्च जोखिममा रहेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिनुभयो।

उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेनामा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु फेला परेको छ। तीन सय जनामा गरिएको र्‍यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु फेला परेको छ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा आरडिटी जाँच गरिएको थियो। आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको जनस्वास्थ्य निरीक्षक पाण्डेले बताउनुभयो।

आरडिटी जाँचमा शरीरभित्र मरेका जीवाणु भए पनि पोजेटिभ देखिने भएकाले यकिन गर्न रात्रिकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना सङ्कलनको गरिएको उहाँको भनाइ छ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार