२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २६ गते बिहीबार

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको । बुधबार छापावाल सुन तोलाकाृ एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार