नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको । बुधबार छापावाल सुन तोलाकाृ एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ