सूचनाको शक्ति - The Power Of Information

        

आगो ताप्दै गर्दा जलेर महिलाको मृत्यु

 आगो ताप्दै गर्दा बर्दियामा आगो सल्केर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दिया राजापुर नगरपालिका–५ की ७५ वर्षीया सोहनी थारु घरको कोठामा बुधबार आगो तापी रहेका बेला एक्कासी ब्यांलेकेटमा आगो सल्केर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १०:२३

लोकप्रिय