२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

भुवा पर्वमा आज सुदूरपश्चिममा सार्वजनिक बिदा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २६ गते बिहीबार

सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो।

आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

विशेषगरी बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।

भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले आजदेखि २८ गतेसम्म धनगढी स्थित रङ्गशालामा भुवाचाली खेल प्रतियोगिता पनि  हुँदैछ।

प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार