नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाहा नाकास्थित नेपाल–भारत प्रवेशद्वारको सौन्दर्यीकरणसहित सीमानाका सौन्दर्यीकरण अभियानको शुभारम्भ गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले सिमानामा रहेका स्थानीय सरकारको सहकार्यमा देशभरिकै सीमानाकाको सौन्दर्यीकरण गर्ने अभियान सञ्चालन गरेकोमा सोको सुरुवात नेपालगन्जस्थित जमुनाहा नाकाबाट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सो अभियानको जमुनाहा नाकामा शुभारम्भ गर्दै देशमै पहिलो पटक नेपालगन्ज नाकाबाट सीमा क्षेत्र सौन्दर्यीकरण कार्यव्रmम सुरु गरिएको बताउनुभयो ।
उहाँले सो अभियान अन्तर्गत नेपाल–भारत नाकामा रहेका प्रवेशद्वारको रङरोगन, सरसफाइ गरेर रङ्गिन गमलामा बिरुवासमेत राखिने र ठुलो राष्ट्रिय झन्डा पनि गाडिने बताउनुभयो ।
अभियानको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल–भारत सीमानाका जमुनाहाको प्रवेशद्वारसँगै सो क्षेत्रको सौन्दर्यीकरण गरेर ठुलो राष्ट्रिय झन्डा राखिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर वागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार शाहीले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके