सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा श्रीमान् र श्रीमतीले पाउने

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत श्रीमान् र श्रीमतीलाई समावेश गरेको छ ।

अस्पताल भर्ना भइ उपचार गराएको साधारण रोगको हकमा हरेक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने कोषले जनाएको छ ।

२०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आएको यो योजनामा आउँदो फागुन एक गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरेको सूचनामा उल्लेख छ ।

यो सुविधा लिनका लागि कोषले सूचीकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ताको श्रीमान् र श्रीमतीले उपचार गराइ दाबी गर्नुपर्ने छ ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १४:१०

लोकप्रिय