पोखराबाट पाल्पा जाँदै गरेको जिप दुर्घटना भएको छ । आज बिहान तनहुँको भिमाद नगरपालिका–३ मा ग १ ज ६३५६ जीप नम्बरको जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जीपमा १२ जना सवार थिए । जीप सडकबाट करिब एकसय ५० मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं डिएसपी मोहनबहादुर खाणले दुर्घटनामा १२ जना घाइते भएको बताए । ‘ उपचारका लागि तीन जनालाई पोखरा लगिएको छ,’ उनले भने, ‘आठ घाइतेको तनहुँमा उपचार भइरहेको छ ।’
उनले दुर्घटनामा चारवजना गम्भीर रहेको बताए । चालक प्रहरी नियन्त्रणमा छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ