सरकारले नेपाल प्रहरीका ८२६ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गरेको छ । गृह मन्त्रालयले मंगलवार उनीहरूलाई बढुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा समितिको बैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका ८२६ हवल्दारलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको हो ।
‘प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि गरिएको सिफारिस सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि सरकारले १६ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को सरुवा गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं