सरकारले नेपाल प्रहरीका ८२६ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गरेको छ । गृह मन्त्रालयले मंगलवार उनीहरूलाई बढुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा समितिको बैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका ८२६ हवल्दारलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको हो ।
‘प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि गरिएको सिफारिस सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि सरकारले १६ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को सरुवा गरेको थियो ।
यी हुन् बढुवा भएका प्रहरी वरिष्ठ हवल्दार :
प्रकाशित मिति : २०८० पुस २५ गते बुधबार
सत्यपाटी