भ्रम छ कि नियमित यौन सम्पर्क गर्ने व्यक्ति शारीरिक रुपमा दुर्वल अर्थात कमजोर हुन्छ । खेलाडी तथा बडीविल्डरहरुले सेक्स नगरेरै शरीर गठिलो बनाएका हुन् त ?, तर त्यस्तो होइन । विज्ञहरु भन्छन्, ‘बरु नियमित सेक्स गर्ने व्यक्ति हेल्दी र तागतदार हुन्छ ।
किनभने मांसपेसी बन्नु र यौनइच्छा बढ्नु दुबै पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोनबाट निर्धारण हुने हो । शरीरमा टेस्टोस्टेरोनको उत्पादन जति बढी हुन्छ यौ न चाहना पनि उति बढी हुन्छ । र जति यौ नचाहना बढ्छ तपाईँको शरीरको मांसपेशी पनि उती राम्रो बन्छ ।’
विज्ञहरुको अर्को धारणा शारीरिक सुसंगठन ट्रेनिङबाट टेस्टोस्टेरोनका उत्पादन बढ्छ । यदि कोही व्यक्ति यौन रुपमा संक्रिय छ भने पनि शरीरमा पहिलेदेखि नै टेस्टोस्टेरोनका मात्रा प्रयाप्त हुन्छ । त्यसैले शारीरिक सुसगठन र सेक्स दुबैले तपाईँको शरीरको मांसपेशी झन मजबुत बनाउँछ । विज्ञहरुले यो विषयको अनुसन्धान समेत गरेका थिए ।
अमेरिकास्थित एफएसएन स्पोर्ट साइन्सद्धारा गरिएको सर्भेमा एक बक्सिङ च्याम्पियनलाई छनौट गरिएको थियो । सुरुमा उसलाई एक हप्तासम्म सेक्स नगर्न भनियो र उसको फिटनेश प्रदर्शन जाँच गरियो । उसको टेस्टोस्टेरोनको स्तर, खुट्टाको तागत र पञ्च पावरको रेकर्ड गरियो ।
त्यसपछि उसलाई पुन एक हप्तासम्म सेक्स गर्न भनियो र पुनः उसको परीक्षण गरियो । नतिजामा सेक्स नगरेको बेलाको प्रदर्शनभन्दा सेक्स गरेको बेलाको प्रदर्शन उत्कृष्ट देखियो । खुट्टाको तागत र पञ्च पावरमा सेक्स नगर्दाभन्दा गरेपछि राम्रो देखियो ।
टेस्टोस्टेरोनको स्तर पहिलेभन्दा २० प्रतिशतले बढ्यो । त्यसैले विशेषज्ञको भन्छन्, शारीरिक अभ्यास अघि सेक्स गर्ने व्यक्तिले नगर्नेले भन्दा राम्रो प्रदर्शन गर्न सक्छ । अर्थात् सेक्स गर्दैमा यसको तागतमा कुनै नकारात्मक प्रभाव पर्दैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं