सूचनाको शक्ति - The Power Of Information

        

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ पुगे ?

सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख हेरफेर गरेको छ ।

मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको हो । जसअन्तर्गत सातवटै प्रदेशका प्रहरी प्रमुखसमेत फेरिएका हुन् ।

मन्त्रालयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रहेका डीआईजी कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा सरुवा गरेको छ । त्यस्तै, मन्त्रालयले कोशीको प्रहरी प्रमुखमा चन्द्रकुबेर खापङलाई सरुवा गरेको छ ।

उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंमा कार्यरत थिए । त्यस्तै, मधेशको प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल, बागमतीको प्रहरी प्रमुखमा विष्णुकुमार केसी, गण्डकी प्रहरी प्रमुखमा विकासराज खनाल, कर्णाली प्रहरी प्रमुखमा लालमणि आचार्य र सुदूरपश्चिम प्रहरी प्रमुखमा रवीन्द्र केसीलाई सरुवा गरिएको छ ।

मन्त्रालयले डीआईजी बुद्धिराज गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा तानेको छ भने केन्द्रीय अनुसन्धान ब्यूरोमा डीआईजी किरण राणा, प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा डीआईजी राजेशनाथ बास्तोला र प्रहरी प्रधान कार्यालयको कार्यविभागमा डीआईजी भरतबहादुर बोहरालाई तानेको छ ।

त्यस्तै, डीआईजी भीमप्रसाद ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् । डीआईजी दुर्गा सिंह उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएकी छन् ।

त्यस्तै, डीआईजी उत्तमराज जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तानिएका छन् भने डीआईजी जनक भट्टराईलाई अपराध अनुसन्धान निर्देशनालयमा जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार ०८:१२

लोकप्रिय