सूचनाको शक्ति - The Power Of Information

        

भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन

भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ ।

प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उहाँको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो । भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँको निधनमा शोक व्यक्त गर्नुभएको छ । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उहाँले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिक्नुभएको थियो।

उहाँले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम…’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाउनुभएको छ । उहाँले ‘इश्क’, ‘मन्टो’, ‘मौसम’, कादम्बरी’ लगायतका चलचित्रका गीतसमेत गाउनुभएको छ ।

खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार ०८:००

लोकप्रिय