२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

पशुपतिनाथ मन्दिरमा स्तनपान कक्ष सञ्चालन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २४ गते मंगलबार

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि स्तनपान कक्ष सञ्चालनमा आएकाे छ । पशुपति क्षेत्र विकास काेषले स्थापना गरेकाे स्तनपान कक्षकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उद्घाटन गर्नुभयाे ।

राज्यमन्त्री ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकाेमा त्यसको सराहना गर्नुभयो । स्तनपान कक्ष देशभित्र तथा बाह्य देशबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपान कक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत ठाउँमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखे शिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुस २४ गते मंगलबार