नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बाँकेको ५औँ जिल्ला अधिवेशनबाट मोहम्मद शफिक बेहनाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरिएको छ।
नेकपा (एमाले) निकट मुस्लिमको सङ्गठन नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको नव निर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्षमा मोहम्मद सगीर खान, सचिवमा गुलाम हुसैन कादरी, कोषाध्यक्षमा मोहम्मद ऐश ठकुराई र सह सचिवमा अनवरी खान निर्वाचित हुनु भएको छ।
सोही प्रकारले कार्यसमितिको सदस्यहरूमा इर्शाद अलि इसी, ननकई पठानी, मोहम्मद अफ्सर खान, यार मोहम्मद खान, बशीर बेहना, सलाहुद्दीन बागवान, रज्जब अलि सैय्यद, गुलाम अहमद रजा खान (बन्टी), अख्तरुन निशा, अब्दुल सत्तार खान, जाहिद अलि मनिहार, नूर मोहम्मद हल्वाई, अलि अकबर बेहना, जाहिद अलि गुज्जर र मोलहे बेहना शेख निर्वाचित हुनुभएको छ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बाँकेको अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष बेहनाले बाँके लगायत पश्चिम नेपालकै मुस्लिम समुदायको उत्थान र भलाइका लागि विभिन्न कार्यक्रम र योजना बनाएर काम गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके