सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बनेका छन् । एफीएफ समूह ‘ए’ र आर्मी समूह ‘बी’ काे विजेता बनेकाे हाे ।
आज मङ्गलवार भएकाे खेलमा एपीएफले बाग्मती प्रदेशलाई ३–० काे साेझाे सेटमा हरायाे । एपीएफले पहिलाे सेट २५–७, दाेस्राे सेट २५–१८ र तेस्राे सेट २५–१३ ले जित्याे ।
यस्तै आजै भएकाे अर्काे खेलमा आर्मीले मधेस प्रदेशलाई ३–० काे साेझाे सेटमा हरायाे । आर्मीले पहिलाे सेट २५–२०, दाेस्राे सेट २५–१९ र तेस्राे सेट २५–१४ ले जित्याे । एपीएफ र आर्मी यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए ।
प्रतियाेगितामा अहिले नेपाल पुलिस क्लब र काेशी प्रदेशबीच खेल भइरहेकाे छ । यसपछि आजै गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल आउँदो बिहीवार हुनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ