नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान अध्यक्ष खनालले राजीनामा दिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खनाललाई २०७६ साल साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । २०७५ पुस ११ मा तत्कालीन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि वरिष्ठ निर्देशक पदमा कार्यरत खनाललाई सरकारले निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो ।
पछिल्लो समय टेरामक्स खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस), स्मार्ट सेल खारेजी र एनसेलको सेयर खरिद बिक्रीमा प्राधिकरण नेतृत्वले ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
टेरामक्स र एमडीएमएस प्रणालीमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन समेत अगाडि बढाएको छ । त्यस्तै एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ ।
यसैबीच अध्यक्ष खनालले राजीनामा दिएका हुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ