शेयर बजार आज साेमवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ ।
आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राकाे मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिद/बिक्री भएकाे छ ।
आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ