२०८३ वैशाख १५ , मंगलबार 29, April 2026, Wednesday

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २३ गते सोमबार

सुनचाँदीको भाउ आज घटेको छ ।

गएको बिहीवारदेखि हिजोसम्म तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज चार दिनपछि घटबढ भएको हो ।

आज सुनको ताेलामा सात सय रुपैयाँले घटेर एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको छ ।  यसअघि तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको चाँदी आज एक हजार चार सय १५  रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० पुस २३ गते सोमबार