२०८३ असार ११ , बिहीबार 26, June 2026, Friday

अफगानिस्तानविरुद्ध रोहितको कप्तानीमा भारतीय टोलीको घोषणा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २३ गते सोमबार

अफगानिस्तानविरुद्धको ३ खेलको टी–२० सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । टोलीको कप्तान रोहित शर्मा हुनेछन् । उनले पछिल्लो टी–२० विश्वकपपछि पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल्नेछन् ।

रोहितबाहेक विराट कोहली र शुभमन गिल पनि फर्किएका छन् भने केएल राहुल, श्रेयस अय्यर, रविन्द्र जडेजालाई टिममा स्थान दिइएको छैन । सूर्यकुमार यादव, हार्दिक पाण्ड्या र रुतुराज गायकवाड चोटका कारण बाहिरिएका छन् ।

जनवरी ११ बाट सुरु हुने यो सिरिज टी-२० विश्वकपको तयारीका लागि महत्त्वपूर्ण छ । जुनमा हुने टी–२० विश्वकप अघि भारतीय टोलीको यो अन्तिम द्विपक्षीय शृङ्खला हो।

रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, सञ्जु सैमसन, शिवम दुबे, वाशिंगटन सुन्दर, अक्षर पटेल, रवि बिश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार ..

प्रकाशित मिति : २०८० पुस २३ गते सोमबार