२०८२ कात्तिक २९ , शनिबार 15, November 2025, Saturday

सोमबार भगवान शिवको विशेष दिन

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० पुस २३ गते सोमबार

आज २०८० साल पुस २३ गते सोमबार तदनुसार सन् २०२४ जनवरी ८ तारिख। आज पुस कृष्ण पक्षको द्वादशी तिथि ।

आज अरनिको स्मृति दिवस परेको छ । हरेक वर्षको पुस २३ गते कलाकार अरनिको स्मृति दिवस नेपाल र चीनमा विशेष ढंगले मनाइन्छ । यो दिवस २०५८ सालदेखि मनाउन थालिएको हो ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

प्रकाशित मिति : २०८० पुस २३ गते सोमबार