इजरायल र हमासबीचको युद्धमा परेर अहिलेसम्म करिब २३ हजारको मृत्यु भएको छ । युद्धमा दुवै पक्षका गरी करिब २३ हजार मानिस मारिएका समाचार एजेन्सीहरूले जनाएका छन् ।
आतंकवादी संगठन हमासले धेरै इजरायली नागरिकलाई बन्धक बनाएको छ । उनीहरुको रिहाईको लागि इजरायलमा मानिसले विरोध प्रदर्शन गरेका छन् । बन्धकका आफन्तले नेता न्याहु सरकारलाई हटाउन माग गरेका छन् । यससँगै गाजामा जारी युद्ध अन्त्य गर्नुपर्ने उनीहरूको माग छ ।
इजरायली बन्धकहरूको हजारौं समर्थकले शनिबार इजरायलको मुख्य शहर तेल अवीवको होस्टेज स्क्वायरमा प्रदर्शन गरेका थिए । सोक्रममा आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
विदेशी सञ्चारमाध्यमले यसलाई सरकारविरुद्ध जनआक्रोश भनेका छन् । मानिसहरूले नेतान्याहू र अन्य अधिकारीलाई यस युद्धको लागि दोष दिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ