जाजरकोटमा थप १ जना भूकम्पपीडितको चिसाेका कारण मृत्यु भएको छ।
मृत्यु हुनेमा भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्मा रहेका छन्।
उनी भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका थिए।
विश्वकर्माकाे उपचारकाे क्रममा प्रदेश अस्पताल, सुर्खेतमा मृत्यु भएको हाे। जिल्ला अस्पतालमा उपचार नभएपछि उनलाई सुर्खेतमा लगिएकाे थियाे।
त्रिपालमुनि बसेकै कारण उनी कडा निमाेनियाकाे शिकार भए।
विश्वकर्मासँगै हालसम्म जाजरकाेटमा चिसाेका कारण ३१ जनाकाे मृत्यु भइसकेकाे छ। यसैगरी रुकुम-पश्चिममा ५ जनाले ज्यान गुमाइसकेका छन्।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जाजरकोट