सूचनाको शक्ति - The Power Of Information

        

बंगलादेशमा आज आम निर्वाचन हुँदै

बंगलादेशमा आज आम निर्वाचन हुँदैछ ।

१ हजार ८ सय ४८ उम्मेदवारमध्येबाट २ सय १९ जना सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो ।

आइतबार हुने निर्वाचनमा बंगलादेशका करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ ।

विपक्षी दलहरुले बहिष्कार गरेको यो निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने पक्का छ । मुख्य विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टीले भाग नलिएको यो चुनावलाई अमेरिका लगायत पश्चिमा देशहरुले मान्यता दिने संभावना न्युन छ ।

पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल हालेपछि बंगलादेशको आन्तरिक राजनीति संकटमा छ । ७३ वर्षीय जियालाई भ्रष्टाचारको आरोपमा ढाकास्थित काराबासमा राखिएको छ ।

आजको चुनावपछि बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाले ४ पटकसम्म बंगलादेशको नेतृत्व गर्ने व्यक्तिको रुपमा इतिहास रच्दै हुनुहुन्छ । चुनावअघि नैं केही ठाउँमा हिंसात्मक घटना भइसकेका छन् ।

निर्वाचनलाई मध्यनजर गर्दै ६ लाख सुरक्षाकर्मी खटाइए पनि निर्वाचन प्रचारप्रसारको क्रममा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ पुष २०८०, आइतवार ०९:०१

लोकप्रिय