सूचनाको शक्ति - The Power Of Information

        

शौचालय कुन दिशामा बनाउँदा राम्रो हुन्छ ?

भनिन्छ कुनै घर कस्तो संस्कारको छ भनेर थाहा पाउन त्यस घरको शौचालय हेर्नुपर्छ । शौचालयलाई पछिल्लो समय रेष्टरुमको रुपमा लिन थालिएको छ । भान्छाभन्दा शौचालय बढी सफा हुनुपर्ने चिकित्सक तथा अध्ययनहरूले प्रस्ट पारेका छन् ।

अहिले मानिसहरू यति व्यस्त छन् कि शौचालय नै पत्रिका पढ्ने तथा तथा मोबाइल चलाउने ठाउँ बन्दै गएको छ । आज हामी वास्तुशास्त्र अनुसार शौचालय घरको कुन दिशामा बनाउनु उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी गराउँदैछौँ ।

वास्तुशास्त्र अनुसार, शौचालय कहिले पनि घरको बीच भागमा बनाउनुहुँदैन । यसो गरे घरमा सकारात्मक ऊर्जा प्रवर्द्धन हुँदैन । उत्तरतर्फ फर्केको घरको लागि दक्षिण–पश्चिम वा दक्षिण–उत्तर–पश्चिम दिशामा शौचालय बनाउँदा राम्रो मानिएको छ । उत्तर दिशामा शौचालय राख्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

दक्षिण, दक्षिण–पूर्व वा दक्षिण–पश्चिम दिशामा बाथरुम बनाउँदा यसले घरका मानिसहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । शौचालयको निर्माण जमिनभन्दा एक देखि दुई फिट अग्लो हुनुपर्छ । घरको शौचालय वा बाथरुम सधैँ पूर्व दिशामा नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् । कसैको घरको दक्षिण पश्चिम दिशामा शौचालय बनाइएको छ भने कुनै प्रकारको फलामको सामग्री अगाडि राख्नुहुँदैन ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २२ पुष २०८०, आइतवार ०८:०५

लोकप्रिय