सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि उपकुलपतिको विज्ञापन रद्द

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको  विज्ञापन रद्द गरिएको छ ।

गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ ।

उपकुलपति छनोट समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि प्रधानमन्त्रीले शुक्रबार नै सच्याउन भनेका थिए ।

अब समिति नयाँ विज्ञापन निकाल्नेछ ।

प्रकाशित मिति : २२ पुष २०८०, आइतवार ०७:५८

लोकप्रिय