२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

दुई जहाज खरिद गर्दै श्री एयरलाइन्स

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० पुस २१ गते शनिबार

श्री एयरलाइन्सले दुई वटा जहाज खरिद गर्ने भएको छ । यही जनवरीभित्र नै जहाज भित्र्याउने गरी तयारी गरिरहेको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

मानन्धरका अनुसार जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । श्रीले हाल उडान गरिरहेको क्यू ४०० जहाज खरिद गर्न लागेको छ । श्रीले हाल पोखरा, भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगन्ज लगायत गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रकाशित मिति : २०८० पुस २१ गते शनिबार