आज २०८० साल पुस २१ गते शनिबार तदनुसार सन् २०२४ जनवरी ६ तारिख। पुस कृष्ण दशमी तिथि । आजको दिन विशेष केही चाडपर्व र उत्सव छैनन् ।
आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ ।
शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन् । शनी भगवान सूर्यको पुत्र हुन् । उनमा आमाको छाया छ । यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन् ।
जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ । उसको सम्मान गर्नुपर्दछ । शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ । हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ ।
शनिबार कालो तिल दान गर्नुहोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ । हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस् । तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।
हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ । हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलन अनुसार शनिबार जुत्ता चप्पल किन्नुहुँदैन ।
शनिबार जुत्ताचप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ । कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन मुसुरोको दाल, आँपको अचार, रातो खुर्सानी र रक्सी खानुहुँदैन भनिएको छ ।
शास्त्रअनुसार यस्तो कुरा खाएमा शनिदेव रिसाउँछन् र शुभ फल प्राप्त हुँदैन भन्ने विश्वास गरिन्छ । फलामलाई शनिको धातु मानिन्छ । त्यसैले शनिबार घरमा फलाम ल्याउन नहुने धार्मिक विश्वास छ । तर यसदिन फलामबाट बनेका सामानहरू दान गर्नु अत्यन्त शुभ मानिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं