२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस १८ गते बुधबार

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस १८ गते बुधबार