नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ र ७ मा विपद सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ ।
भूकम्प र आगलागीको घटना भएमा तत्काल उद्दार लगायतका काम कसरी प्रभावकारीरुपमा गर्ने भन्ने विषयमा कृत्रिम घटना अभ्यास गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले सुपरसंगको सहकार्यमा विपद प्रतिकार्यका लागि ४ सय दक्ष स्वयंसेवक उत्पादन गरेको छ ।
ती स्वयंसेवकहरुको कार्य क्षमता जाँच गर्ने उद्देश्यले भूकम्प र आगलागी प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
कृत्रिम घटना अभ्यासमा विपद क्षेत्रमा कार्यरत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अधिकृतहरुले अभ्यासको मूल्याङ्कन तथा सहजीकरण समेत गरेका थिए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ बर्षदेखि काम गरिरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके