सूचनाको शक्ति - The Power Of Information

        

मुख्य प्रशिक्षकमा नियुक्त रुनी ८३ दिनमै बर्खास्त

 बर्मिङ्घम सिटीले मुख्य प्रशिक्षक वाइन रुनीलाई जिम्मेवारी सुम्पिएको ८३ दिनमै बर्खास्त गरेको छ ।

३८ वर्षीय रुनी गत अक्टोबर ११ मा बर्मिङ्घमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसबेला बर्मिङ्घमले जोन एस्टासको स्थानमा रुनीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । रुनी प्रशिक्षकमा नियुक्त हुँदा बर्मिङ्घम तालिकाको छैटौं स्थानमा थियो ।

तर, सोमबार लिड्ससँग ३–० को हारपछि क्लबले रुनीलाई बर्खास्त गरेको हो । रुनीले प्रशिक्षण सम्हालेयता बर्मिङ्घमले खेलेको १५ खेलमध्ये यो नवौं हार थियो । हाल बर्मिङ्घम तालिकाको २०औं स्थानमा छ ।

रुनी बर्खास्तमा परेसँगै स्टिम स्पिनेर बर्मिङ्घमको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् ।

बर्खास्तमा परेसँगै रुनीले अब केही समय खेलबाट आराम लिने योजना रहेको बताए ।

“म सह–मालिक टम वाग्नेर, टम ब्राडी र ग्यारी कुकलाई यो अवसरप्रति धन्यवाद दिन चाहन्छु । म १६ वर्षको उमेरदेखि फुटबलमा खेलाडी वा प्रशिक्षकको भूमिकामा छु । अब मैले केही समय परिवारसँग आराम गर्ने योजना बनाएको छु,” रुनीले भनेका छन् ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १०:०४

लोकप्रिय