पोखरामा सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर हनी ट्र्याप गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केटीको नामको नक्कली आइडी बनाएर पुरुषहरूलाई हनी ट्र्यापमा पारेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
फेसबुकमा साथी बनाएर फोन गर्ने, अश्लिल भेडिओहरू देखाउने र स्क्रिन रेकर्ड गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भिडिओ र स्क्रिण रेकर्ड सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै डर धम्की दिखाएर उनीहरूले पैसा असुली गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरूलाई चितवन प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । पोखरा